बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको जोडी अहिले सँगै कतै देखिनु मात्र पर्छ, यसको चर्चा बढिहाल्छ । अहिले पनि त्यस्तै भएको छ ।
उनीहरु दुवै जना करिना कपुरका छोरा भेट्न सँगै पुगेपछि यो चर्चा भएको हो । शनिबार अस्पतालबाट घर फर्किएकी करिनालाई भेट्न मलाइका र अर्जुन सँगै पुुगेका हुन् । यसअघि मलाइका र अर्जुनले एकअर्काकाका बाबुआमासँग पनि भेट गरेका थिए । त्यति बेला देखि फेरि एकपटक यी दुईको विवाहको चर्चा चल्न थालेको छ । तर, उनीहरु दुवैले अहिलेसम्म विवाहबारे खुलेर कुरा गरेका छैनन् ।
बलिउडकी मोडल, ‘आइटम गर्ल’ मलाइका अरोरा (४६) पछिल्लोसमय अभिनेता अर्जुन कपूर (३३)सँगको सम्बन्धका कारण चर्चामा छिन् ।
१९ वर्षे वैवाहिक सम्बन्धपछि दुईवर्षअघि अरबाज खानसँगको सम्बन्धबिच्छेद गरेकी मलाइका र अर्जुन दुवैले आफूहरु विशेष सम्बन्धमा रहेको स्वीकार गरेका छन् । अहिले उनीहरु विभिन्न कार्यक्रममा सँगसँगै देखिन थालेका छन् । एक भारतीय पत्रिकाको अनलाइन संस्करणले सोमबारको भनिएको मलाइका र अर्जुन कपूरको ‘लञ्च डेट’को तस्वीर सार्वजनिक गरेको छ, जसमा मलाइका र अरबाजतर्फका छोरा अर्हान खान पनि साथै रहेको देखिएको छ ।
यसअघिका तस्वीरहरुमा मलाइकाका परिवारका सदस्यहरुमा बहिनी अमृता अरोरा मात्र देखिएकी थिइन् । १७ वर्षीय अर्हान अहिले आमा मलाइकासँगै बस्छन् ।