नेपाली बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ । आइतबार र सोमबार एउटै मूल्यमा कारोबार भएको सुनको मूल्य साताको तेस्रो दिन अर्थात आज मंगलबार तोलामा ११ सय ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९० हजार १ सय कायम भएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ६५० कायम भएको छ । आइतबार र सोमबार छापावाल सुनको मूल्य तोलाको ८९ हजार र तेजावी सुनको मूल्य ८८ हजार ५५० निर्धारण भएको थियो ।
सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा २५ रुपैंया बढेर १३ सय ६० कायम भएको छ ।