पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको हिउँद याममा सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका नेपाली हिमाल आरोहीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरेका छन्।
माउण्डक केटुको सफल आरोहण गरेर मंगलबार स्वदेश फर्केका आरोहीहरुलाई प्रधानमन्त्री ओलीले सम्मानित गरेका हुन्।
आरोहीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमाल आरोहण सजिलो भएको भए आफू पनि टोलीमा सहभागी हुनेसक्ने भन्दै ठट्टा गरे।
मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो।
सगरमाथापछिको विश्वकै दोस्रो अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमालमध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।
माउन्ट केटु लाई आरोहणका लागि संसारकै खतरनाक हिमाल मानिन्छ।
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्।
Congratulations to the team & to Nepal.
? for the achievement and the superb attitude! pic.twitter.com/CLjx3Kf1s0
— Rahul Gandhi (@RahulGandhi) January 25, 2021