चर्चित बलिउड अभिनेत्री नोरा फतेहीले निर्देशकलाई लिएर दिएको बयानले नयाँ हलचल उत्पन्न भएको छ । उनले हालै अभिनेत्री करीना कपूरको च्याट शो ‘व्हाट्स विमेन वान्ट’ मा आफ्नो क्यारियरसँग सम्बन्धित केहि राम्रा र नराम्रा सत्य कथाहरू शेयर गरेकी हुन् ।
त्यस क्रममा नोराले यो पनि पत्ता लगाइन् कि एक पटक कास्टिङ्ग निर्देशकले उनलाई घरमा बो’लाएर गाली गरेका थिए । निर्देशकको उक्त व्यवहार नोरालाई यति नराम्रो लाग्यो कि उनले भारत छोड्ने निर्णय गरिसकेकी थिइन् ।
नोरा क्यानडाबाट भारत आएकी हुन् । त्यस समयमा उनी भारतमा अझ बलिउडमा कसैलाई नचिनेको बताउँछिन् । शुरुका दिनमा उनले एक कास्टिङ्ग निर्देशकलाई भेटेकी थिइन् । उनको यो भेटको अनुभव एकदम नराम्रो थियो ।
यसको बारेमा बोल्दै नोराले करीनाको च्याट शोमा भनेकी छिन, ‘कास्टिङ्ग निर्देशकले मलाई एक पटक घरमा बोलाए र धेरै गाली गरेका थिए । यो मात्र होइन, उनले मलाई प्रतिभाविहीन पनि भनेका थिए ।’ नोराले ति निर्देशकको नाम भन्न आवश्यक मानेकी छैनिन् ।
नोराले भनिन्, ‘उनी कास्टिङ्ग निर्देशक थिइन्, जसलाई मैले भारत आइपुगेको केही महिना पछि भेटेंकी थिँए । उनले मलाई यस्तो महसुस गराइन् कि म लगभग झोला बोक्छु र भारत छोड्न तयार हुन्छु भन्ने विचार आयो । उनले मलाई भनिन्, तपाई जस्तो धेरै मानिस यहाँ छन् । हाम्रो उद्योग (बलिउड) तिमीजस्तो व्यक्तिले गर्दा चिन्तित भएको छ । उनी मतिर कराउँदै थिइन । उनले चिच्याउँदै तिमी प्रतिभाहिन छ्यौ, हामी तिमीलाई यस उद्योगमा चाहँदैनौं ।’