बंगलादेश सरकारले बलिउड कलाकार नोरा फतेहीलाई राजधानी ढाकामा आयोजित कार्यक्रममा सहभागी गराउन अस्विकार गरेको छ ।
बंगलादेशको सांस्कृतिक मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार भारतीय फिल्म उद्योगमा परिचित नोरा फतेहीलाई “विदेशी मुद्रा सञ्चिति कायम राख्ने उद्देश्यले” अनुमति नदिइएको जनाएको छ । वुमन लिडरसिप कर्पोरेशनले आयोजना गरेको कार्यक्रममा फतेहीले नृत्य र अवार्ड वितरण गर्ने कार्यक्रम रहेको थियो ।
मन्त्रालयले घट्दो विदेशी विनिमय सञ्चितिको बीचमा डलर भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई उल्लेख गर्दै फतेहीलाई भिसा दिन आनाकानी गरेको उल्लेख गरेको छ ।
नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, गायिका र निर्माता पनि हुन् । क्यानडामा मोडलिङ र डान्सिङ करियरको सुरुवात गरेपछि नोरा भारत छिरेकी हुन् ।
उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन त्यसैले उनलाई ईन्डिया आइन् ।
नोराको फिल्मी करियरको सुरुवात भारतमा सन् २०१५ मा भएको थियो । नोराले सबैभन्दा पहिले सन् २०१५ मा फिल्म ‘रोर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनी साउथ इन्डियन फिल्म ‘डबल बेरल ओक कायमकुलम कोचिनी’ मा देखा परिन् ।
विश्वकप उद्घाटनमा नोराको प्रस्तुती हुने
नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने भएकी हुन् ।
यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिव्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।
फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप एसियाली राष्ट्र कतारले आयोजना गरेको हो । यसैबीच फिफाले विश्वकपका लागि आफ्नो गीत ‘लाइट द स्काई’ सार्वजनिक गरेको छ । नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिनेछिन् । साथै उनले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन् ।