राष्ट्रिय युवा संघ नेपालले आज प्रतिनिधिसभा विघटनविरुद्ध कालो बेलुन उडाएर विरोध गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा युवा संघले कालो बेलुनमा ब्यानर झुण्डाएर बेलुन उडाएको हो।
बेलुनमा निरंकुशता चाहिँदैन, संसद् विघटन गर्न पाइँदैन लेखिएको छ। संसद विघटनको विरोधमा उडाएको ब्यानरमा ‘बयल गाढा चढेर गणतन्त्र आएको होइन’ समेत लेखिएको छ।
प्रदर्शनकारीहरूले कालो बेलुन उडाउने क्रममा नाराबाजी समेत गरेका थिए।
प्रहरीले बेलुन उडाउने क्रममा हस्तक्षेप गरेको थियो।
कार्यालयबाट बाहिर निस्केर बेलुन उडाउने क्रममा प्रहरीले बेलुनहरू फुटाएको थियो।