राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले बधाई सन्देश पठाउँदै अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनलाई सफल कार्यकालका लागि शुभकामना दिएकी हुन् । राष्ट्रपति भण्डारीले बाइडेनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई दिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् । प्रधानमन्त्री ओली बुधबार राति नै ट्वीटरमार्फत बाइडेनलाई बधाई दिएका हुन् ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपराष्ट्रपति ह्यारीसलाई बधाइ दिनुभएको विज्ञप्तिमा उल्लेख छ ।