लगातार २ दिनदेखि ओरालो लागेको सुनको मूल्य साताको तेस्रो दिन अर्थात आज मंगलबार भने उकालो लागेको छ ।
सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ८ सय निर्धारण भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय निर्धारण भएको छ ।
सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि केही मात्रामा बढैको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा २० रुपैंया बढेर १२ सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।