प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् ।
नेकपा सुदूरपश्चिम (ओली समूह)ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमानमार्फत धनगढी जान लागेका हुन ।
विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।
प्रधानमन्त्री ओली धनगढीमा नआइपुग्दै विरोध सुरु
प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पार्टी विभाजन र संसद विघटनपछि पहिलोपटक उपत्यकाबाहिर आउन लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।
अर्को पक्षले भने टायर बालेर बिरोध प्रदशन गरिरहेको छ ।