नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ ।
आइतबार तोलाको ९४ हजार ५ सय मा कारोबार भएको सुनको मूल्य आज बुधबारसम्म आइपुग्दा ९६ हजार ७ सय पुगेको छ ।
हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन तोलाको ९६ हजार ७ सय र तेजावी सुन ९६ हजार २ सयमा कारोबार भैरहेको छ ।
सुनको मूल्य निरन्तर उकालो लाग्दा चाँदीको मूल्य पनि उकालो लागेको छ ।
आज चाँदीको मूल्य मंगलबारको तुलनामा तवलामा ५ रुपैंया बढेर १३ सय ४० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।