नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले देश कमेडी (हास्यव्यंग्य) ले नभइ असल सोचले बन्ने बताएकी छन्।
सोमबार भरतपुरमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झाक्रीले यस्तो बताएकी हुन्।
नेतृ झाक्रीले भनिन् ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ। देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’। ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ। सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन।’
सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको बताइन्।