नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा उकालो लागेको छ ।
शनिबार सुनको मूल्य निर्धारण नहुने भएकाले शुक्रबार कायम भएको मूल्यमा नै शनिबारको दिन कारोबार हुने गरेको छ । त्यसैले शुक्रबारलाई साताको अन्तिम दिन भन्ने गरिन्छ ।
नेपाल सुनचाँदीको व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ५ सय र तेजावी सुन तोलाको ९४ हजार कायम भएको छ ।
यो मूल्य बिहीबार भन्दा तोलामा ४ सय रुपैंयाले बढी हो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलाको १३ सय मा कारोबार भैरहेको छ ।