राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरुको राजनीतिक मुद्दामा सहमत नभएपनि पार्टीले आयोजना गरेको विरोध सभामा आउन सबैमा आह्वान गरेका छन् ।
राप्रपाले भोलि पुस १७ गते भृकुटीमण्डपमा संसद विघटन र सरकारको विरोधका लागि सभा आयोजना गरेको छ । हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि भन्दै राप्रपा सडकमा उत्रेको हो ।
सहभागीताको लागि आह्वान गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनावमा जसलाई भोट हाले पनि, अहिले जुनसुकै पार्टीमा भएपनि, हामीलाई मन नपराउने भएपनि, यदी हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना चाहनुहुन्छ भने तथा भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको विरुद्धमा हुनहुन्छ भने पौष १७ गते ११:३० बजे काठमाडौं, भृकुटीमण्डप पाल्नुहोस् । सबैलाई स्वागत छ ।’
चुनावमा जसलाई भोट हालेपनि, अहिले जुनसुकै पार्टीमा भएपनि, हामीलाई मन नपराउने भएपनि,यदी हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहनुहुन्छ भने तथा भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको बिरुद्धमा हुनहुन्छ भने पौष १७गते ११:३०बजे काठमाडौं,भृकुटीमण्डप पाल्नुहोस्।सबैलाई स्वागत छ pic.twitter.com/lqAIPVDoka
— Kamal Thapa (@KTnepal) December 31, 2020