नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उनले उद्घोष गरेका हुन् ।
आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे ।
‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ प्रचण्डले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’
आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे । यद्यपी के गरेर अपमान गरे भनेर उनले खुलाउन भएन ।
आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पटकपटक नेपाल बन्द घोषणा गर्दै आएको छ । उनले आफूपनि विप्लवको लाइनमा जान खोजेको राजनीतिका ज्ञाताहरुले विश्लेषण गरेका छन् ।
र यो पनि
प्रचण्ड र नेपालले अब स्टेप पनि अगाडी बढे संघीयता नै खारेज गरिदिने प्रधानमन्त्री ओलीको चेतावनी
ओली समूहद्वारा प्रचण्डको कार्यकारी हैसियत खोस्ने निर्णय
युवा जागौँ,देश बनाऔँ भन्दै केपी प्रचण्ड र राष्ट्रमाथि हेमराज थापाको कडा प्रहार