केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामालगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।
उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामालगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।
नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।
केन्द्रीय कार्यालय पनि ओलीपक्षद्वारा कब्जा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ ।
नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले पार्टी कार्यालयमा ताला लगाएको बताइएको छ ।
आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेको छ ।