काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा डा भट्टराई लेख्छन् ‘ वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथी तरवार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाअभियोग ,अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कमाउनेलाई इतिहासले क्षमा गर्ने छैन ।’
वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके।अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग,अविस्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है!
— Baburam Bhattarai (@brb1954) December 17, 2020
संबैधानिक परिषद सम्बन्धि विवादित अध्याधेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चौतर्फी आलोचना भएको छ । नेकपाकै केही नेताहरुले प्रधानमन्त्री ओलीले सर्वसत्तावादको ‘प्राक्टिस’ गरेको आरोप लगाएको छन् भने जनताको अभिभावक बन्नुपर्ने राष्ट्रपतिले आफ्नो गरिमा भुलेर नेकपाको गुटको राजनिती गरेको गुनासो गरेका छन् ।