काठमाडौं उपत्यकामा तीन जिल्लामा कोरोना संक्रमितको संख्या १ लाख १४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समयमा ५४१ जनामा कोरोना भाइरसको संक्रमण पाइएसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या १ लाख १४ हजार ९५० पुगेको हो ।
तीमध्ये १ लाख ८ हजार ४०२ जना निको भएका छन् भने ६६३ जनाले ज्यान गुमाएका छन् ।
अहिले उपत्यकामा उपचार गराइरहेका वा आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५ हजार ८८५ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
देशभर १२ हजार १४८ सक्रिय संक्रमित हुँदा उपत्यकामा तीन जिल्लामा मात्र लगभग ५० प्रतिशत संक्रमित रहेका छन् ।
आज भेटिएका संक्रमितमध्ये २३६ महिला र ३०५ पुरुष रहेका छन् ।
सक्रिय अवस्थामा रहेका संक्रमितबाट अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण फैलिने डर हुन्छ ।
र यो पनि
थप ११ जनाको निधन : साढे सात हजारको परिक्षण गर्दा १ हजार ४४ संक्रमित भेटिए