सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले जिल्ला स्तरमा पनि गुटगत भेलालाई तीब्रता दिन थालेका छन् ।
यसै क्रममा नेकपामा नेता माधवकुमार नेपालको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा गुटगत भेला भएको छ ।
भेलामा नेपाल निकटका सुरेन्द्र पाण्डेसँगै करिब ३५ जना प्रदेश तथा जिल्लास्तरका कार्यकर्ताहरु उपस्थित रहेको एक भिडियो नै सार्वजनिक भएको छ ।
भेलामा ओली पक्षका कार्यकर्ताहरुलाई प्रवेश दिइएको छैन ।
भेलाको समन्वय नेकपा केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद चुडामणि जंगलीले गरेको बताइएको छ ।भेलास्थलसम्म पुग्न भित्रैबाट नाम र आदेश आउनु पर्ने भेलामा सहभागीले बताएका छन् ।
भेलामा युवा संघका केन्द्रीय नेता पूर्ण लामा, नेकपा कास्कीका नेता ओम नेपाली, अनेरास्ववियूका पूर्व उपाध्यक्ष सोभियत ढकाल लगायतको उपस्थिति छ ।
चितवनमा हिजो मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउण्डेसनको विषयमा बोल्दै गर्दा पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताले नाराबाजी गर्दै कार्यक्रमस्थलमा अवरोध गरेका थिए ।
सो घटना पोखरामा समेत दोहोरिन सक्नेतर्फ सचेत रहँदै भेलास्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
यसको सुचना बाहिर आएपछी यसको सामाजिक सन्जालमा बिरोध भएको छ ।
बाहिर पुलिसको घेरा, भित्र पान्डेको गुटको भेला। pic.twitter.com/n26CzPp1B7
— Kishor Subedi?? (@mindkisor) November 22, 2020
अनेरास्ववियूका नेता किशोर सुबेदी लेख्छन् ‘पोखराको माउन्ट कैलासमा सुरेन्द्र पाण्डेको गुट भेला। प्रहरी द्वारा एकजना माथी दुव्र्यवहार । भित्र गएका केहीलाई गुट नमिल्ने भन्दै निस्कासन । केपी ओलि माथी आरोप लगाउनेले सुरेन्द्र पाण्डे लाई कार्वाही गर्छन् कि नाइँ ?