२०७४ दसैंताका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने घोषणा गरे । घोषणासँगै छबुँदे सहमति पनि ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका थिए ।
छबुँदे सहमतिमा तीनै पार्टीले मंसिरमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा आपसी तालमेल गर्ने र निर्वाचन सकिएपछि विधिवत पार्टी एकता हुने उल्लेख थियो ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न आठ सदस्यीय पार्टी एकता संयोजन समिति समेत गठन गरियो ।
सहमतिपत्रअनुसार पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न निषेध गरिएको थियो ।
तालमेलको सहमतिपछि ओली दाहालको एउटै स्वर थियो । त्यो बेला ओलीले भनेका थिए , ‘हाम्रो चुनावी तालमेल कसैका विरुद्धमा छैन। नेपाल र नेपालीको पक्षमा छ। यसै दिशामा अगाडि बढ्नेछौं। ‘कोही डराउनु पर्दैन। सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो। बराबरप्को आधारमा सम्बन्ध बनाउने हाम्रो चाहना हो।’
त्यस्तै दाहाल पनि के कम, उनले भनेका थिए, राजनीतिक स्थिरताका लागि वामपन्थी पार्टीहरुबीच गठवन्धन भएको हो । यो जनताको पक्षमा रहेकाले कोही भ्रमित हुन पर्दैन । यो कसैका विरुद्धमा पनि होइन । उक्त कार्यक्रममा डा. बाबुराम भट्टराई पनि उत्तासिह थिए ।
पहिलो गासमै ढुंगा, अनि सुरु भयो खटपट
गठबन्धन बनेको एक हप्तामै गठबन्धनकका घटक डा. बाबुराम भट्टराई बाहिरिए । गठबन्धनमा सम्मानजनक तरिकाले सीट वितरण नगरिएको भन्दै भट्टराइ बाहिरिएका थिए । उनको नयाँ शक्ति त विलय भयो नै । उनी आफै पनि अहिले जससपामा विलय भउका छन् ।
तर तत्कालिन एमाले र माओववादी भने सँगै चुनाव लडे । जनताले विश्वास गरेर दुर्ई तिहाइ हाराहारी मत पनि दिए । शक्तिशाली सरकार बन्यो । जोडबलका ससााथ दुुबै दलले २०७५ जेठ ३ गते पार्टी एकता पनि गरे ।
निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभा गृहको हल मात्र होइन परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचिखचाउ भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणका बीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ६ बुँदे एकता घोषणासँगै समृद्धि र स्थिरतको नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा बिलय भएका थिए ।
एकताताका पनि घोषणाताका जससतै ओली दाहाल प्रफुल्लै देखिए ।
पछिल्लो समय कर्णालीमा आफ्नै पार्टी मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि सुरु भएको हो । त्यसमा घ्यू थप्ने काम प्रधानमन्त्री ओलीले गरे । ओली एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेपछि विवाद बढ्यो ।अध्यक्षद्वयबीच संवादहिनता देखियो । संवादहीनतामाझ प्रधानमन्त्री ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुखबीच भएको भेटवार्ताले थप तरंग ल्यायो ।
अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघठनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताए ।
अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रुपमा लिनुपर्ने बताइरहँदा सहभागीको तालीको गडगडाहटले सभागृह गुञ्जिएको थियो ।
सांगठनिक एकीकरणका विषय नसकिदै नेकपा दुई पटक फुटको संघारमा पुगेको छ। एकीकरणबारे पद्धतिगत वा वैचारिक बहस हुनै पाएन। तीन वर्ष बितिसक्दा पनि त्यो बहस कार्यकर्ता तहमा मात्र होइन केन्द्रीय तहमै हुन पाएको छैन। यसबीचमा दुई अध्यक्ष र तीनका गुट पदीय जिम्मेवारी तानातानको बहसमै केन्द्रित रहे। अहिले आएर तीनै दुई नेताको स्वार्थ बाझिएपछि पार्टी फुट नजिक पुगेको छ।
पछिल्लो समय कर्णालीमा आफ्नै पार्टी मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि सुरु भएको हो । त्यसमा घ्यू थप्ने काम प्रधानमन्त्री ओलीले गरे । ओली एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेपछि विवाद बढ्यो ।अध्यक्षद्वयबीच संवादहिनता देखियो । संवादहीनतामाझ प्रधानमन्त्री ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुखबीच भएको भेटवार्ताले थप तरंग ल्यायो ।
जुन नाटकीय ढंगले दुई ठूला दल मिलेर नेकपा गठन भएको थियो त्योभन्दा तीव्र कम्पनका साथ अहिले नेकपा फुटको सँघारमा पुगेको छ।