नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
शुक्रवार ९४ हजार ५ सय मा कारोबार भएको सुनको मुल्य आज तोलामा २ सय रुपैंयाले बढेको हो ।
शनिबार सुनको नयाँ मुल्य निर्धारण नहुने भएकाले शुक्रवार कायम भएको मुल्यमा नै शनिबार पनि कारोबार हुने गरेको छ ।
आज छापावाल सुन तोलाको ९४ हजार ७ सय र तेजावी सुन तोलाको ९४ हजार २ सय मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य सामान्य रुपमा बढ्दा चाँदीको मुल्य भने स्थिर छ । शुक्रवार तोलाको १२ सय रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।