साताको अन्तिम दिन (शुक्रबार) सुनको मुल्य अघिल्लो दिनको तुलनामा केही मात्रामा बढेको छ ।
सामान्यतया शनिवारलाई साताको अन्तिम दिन भनिएतापनि शनिबार सुनको मुल्य निर्धारण नहुने भएकाले सुनचाँदीको मुल्य कायम गर्दा शुक्रवारलाई नै साताको अन्तिम दिन मान्ने गरिन्छ ।
नेपाली बजारमा आज (शुक्रवार) छापावाल सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ सय रुपैंयाले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य तोलामा ४ सय रुपैंयाले बढ्दा चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलाको १२ सय मा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो पनि चाँदी सोही मुल्यमा कारोबार भएको थियो ।
असोज महिनामा कुनैपनि दिन सुन तोलाको १ लाख नाघेको छैन ।
र यो भिडियो पनि हेर्नुहोस् ।