चाडबाड नजिकिँदै जाँदा नेपाली बजारमा सुनको मुल्य उकालो लाग्न थालेको छ ।
आज (आइतबार) सुनको मुल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ । शुक्रबार सुनको मुल्य ९४ हजार ८ सय मा कारोबार भएकोमा आज (आइतबार) तोलामा ८ सय रुपैंयाले बढेको हो ।
शनिबार सुनचाँदीको नयाँ मुल्य निर्धारण नहुने भएकाले शुक्रवार नै कायम भएको मुल्यमा शनिबार पनि बिक्रीवितरण हुँदै आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९५ हजार ६ सय मा कारोबार भैरहेको छ भने तेजावी सुनको मुल्य ९५ हजार १ सय मा कारोबार भैरहेको छ ।
सुनको मुल्य उकालो लाग्दा चाँदीको मुल्य पनि उच्च भएको थियो । शुक्रबार ११ सय ९५ मा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ४० रुपैंया बढेर १२ सय ३५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
चाडबाडको समयमा सुनको मुल्य केही मात्रामा बढ्ने गरेको विगतको पनि इतिहाँस छ ।