आइतबार काठमाडौं उपत्यकामा ८ सय ९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ संक्रमित थपिएका हुन् ।
आज थप १० जनाको निधन भएकोमा ५ जनाको काठमाडौं उपत्यकामा ज्यान गएको छ ।
मन्त्रालयले अनुसार बारामा २० वर्षिय युवक, ललितपुरमा ४२ र ७७ वर्षिया पुरुष, काठमाडौंमा ५० वर्षिया महिला, ६१ र ६२ वर्षिय पुरुष, रुपन्देहीमा ७३ वर्षिय पुरुष, बर्दियामा ५० र ६३ वर्षिय पुरुष र अछाममा ३४ वर्षको पुरुषको ज्यान गएको हो ।
र यो पनि हेर्नुहोस्