नेपालमा थप १ हजार ५ सय ७३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार देशभरीका प्रयोगशालामा १० हजार १ सय २३ जनाको नमूना परिक्षण गर्दा १५ सय ७३ जनाको नमूना पोजेटिभ आएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये ५३ हजार ८ सय ९८ जना निको भएका छन् भने ४ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा ८ सय ८५ जना कोरोनामुक्त भएका छन् भने १० जनाले ज्यान गुमाएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ भने ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये १० हजार ६ सय ९८ जना होम आइसोलेशनमा बसेका छन् भने ८ हजार ३ सय २१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
देशका ७७ जिल्लामध्ये मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लामा अहिले सक्रिय कोरोना संक्रमित शून्य रहेका छन् भने मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी । काठमाडौं उपत्यकामा सो संख्या निको उच्च रहेको छ ।
प्रवक्ता गौतमले अहिलेसम्म नेपालमा ९ लाख ८८ हजार ३ सय २७ जनाको कोरोना परिक्षण गरिएको जानकारी दिए ।
ज्यान गुमाउनेमा १० जना
आज थप १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ९ जना पुरुष छन् भने १ जना महिला छिन् । २० वर्षको एक युवाको समेत कोरोनाको कारण ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा २० वर्षिय युवक, ललितपुरमा ४२ र ७७ वर्षिया पुरुष, काठमाडौंमा ५० वर्षिया महिला, ६१ र ६२ वर्षिय पुरुष, रुपन्देहीमा ७३ वर्षिय पुरुष, बर्दियामा ५० र ६३ वर्षिय पुरुष र अछाममा ३४ वर्षको पुरुषको ज्यान गएको हो ।