नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ ।
आइबारको तुलनामा सुनको मुल्य तोलामा ४ सय रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार र तेजावी सुन प्रतितोला ९६ हजार ५ सय मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य बढ्दा चाँदीमा मुल्य पनि केही बढेको छ । हिजोको तुलनामा चाँदीको मुल्य तोलामा १० रुपैंया बढेर आज १३ सय २० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
सरकारले काठमाडौं उपत्यकामा असोज १ गतेदेखि सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेसँगै बजारमा मानिसहरुको चहलपहल बढिरहेको छ । लामो समयदेखि कारोबार ठप्प प्राय भएका सुनचाँदी व्यवसायीहरु अब कारोबार बढ्नेमा आशावादी देखिएका छन् ।
बजारमा कारोबार न्यून
कोरोना भाइरस (कोभिड १९) महामारीले गर्दा बजारमा सुनको कारोबार लगभग ठप्प प्राय रहेको छ । बजारमा सुनको गरगहना किन्ने भन्दा पनि पुराना गरगहना किन्ने मानिसहरुको संख्या बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
ग्राहकहरुले पुरानो गहना बेच्दा ज्याला जर्ति काट्दै कम मुल्यकाङ्न गरिएको गुनासो गर्दछन् । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा मानिसहरुको आर्थिक स्थित कमजोर भएको बेलामा सुनको कारोबार ठप्प हुनु स्वभाविक पनि हो ।
हात मुख जोर्न नै समस्या भइरहेको बेलामा सुनचाँदी बिलासिताका बस्तु बनेका छन् ।