सुनको मुल्य स्थिर
साताको पहिलो दिन सुनको मुल्य स्थिर रहेको छ ।
शुक्रवार सुनको मुल्य ९६ हजार ५ सयमा कारोबार भएको थियो । शनिबार नयाँ मुल्य कायम नहुने भएकाले शनिबार पनि सोही मुल्यमा कारोबार भएकोमा आज मुल्य स्थिर भएर शुक्रवारकै मुल्यमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय, तेजावी सुनको मुल्य ९६ हजार र चाँदीको मुल्य १३ सय १० मा कारोबार भैरहेको छ ।
बजारमा कारोबार न्यून
कोरोना भाइरस (कोभिड १९) महामारीले गर्दा बजारमा सुनको कारोबार लगभग ठप्प प्राय रहेको छ । बजारमा सुनको गरगहना किन्ने भन्दा पनि पुराना गरगहना किन्ने मानिसहरुको संख्या बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । ग्राहकहरुले पुरानो गहना बेच्दा ज्याला जर्ति काट्दै कम मुल्यकाङ्न गरिएको गुनासो गर्दछन् । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा मानिसहरुको आर्थिक स्थित कमजोर भएको बेलामा सुनको कारोबार ठप्प हुनु स्वभाविक पनि हो ।
हात मुख जोर्न नै समस्या भइरहेको बेलामा सुनचाँदी बिलासिताका बस्तु बनेका छन् ।