एक ढिक्का भएर दश वर्षे जनयुद्धमा होमिएका माओवादीहरु अहिले चिराचिरामा विभाजित भइसक्यो। देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेका माओवादी नेताहरुका अहिले छुट्टाछुट्टै पसल छन्।
प्रचण्ड, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द विप्लव र गोपाल किराती जनयुद्धमा एक ढिक्का भएर बलिदानी दिन तयार भएका थिए। अहिले उनीहरु सबै तितरवितर भएका छन्।
शूरुमा एमाओवादीबाट अलग्एिर बैद्यसँगै केही समय रहेका विप्लव भूमिगत छन्। नेकपा नामको समूह बनाएर उनी अर्धशसस्त्र गतिविधि गरिरहेका छन्। वैद्य माओवादीले पनि क्रान्तिको सही बाटो नसमाएको भन्दै अलग्एिका उनी आफ्नै नेतृत्वमा नेकपा नामको दल(दर्ता नभएको) गठन गरेर अर्धशसस्त्र गतिविधि गरिरहेका छन्। तर उनी त्यसलाई राजनीतिक संघर्ष भनेर ब्याख्या गर्छन्। तत्कालिन माओवादीको झल्को भने उनले बेलाबेलामा दिन्छन्।
जनयुद्धकालीन माओवादीमा प्रचण्डपछिका नेता डा. बाबुराम भट्टराईले वामपन्थ नै त्यागिसके। विप्लव अर्धशस्त्र संघर्षमा छन्। बन्दुक युद्धमा फर्कने घुर्की लगाउँदै बैद्य कार्यालय खोलेर बसेका छन् भने किराती सच्चा माओवादी भएको भन्दै झोला भिरेर हिँडेका छन्। तर विगतमा निरन्तर शक्तिमा रहेका प्रचण्ड भने सबैले साथ छोडेपछि नेकपाको एकल अध्यक्ष बन्ने *सपना देख्दै पूर्व एमालेको चेपाइमा परेका छन्।
तत्कालीन एकीकृत माओवादीबाट फुटेर बनेको मोहन वैद्य नेतृत्वको माओवादी अहिले छुट्टै अस्तित्वमा छ। विप्वले पनि साथ छोडेपछि क्रान्तिकारी माओवादीका नाममा उक्त दल अस्तित्वमा छ। सुरुमा चुनाव बहिष्कार गरेको वैद्य माओवादीले गत स्थानीय चुनावमा पनि भाग लियो। तर हुने विरुवाको चिल्लो पात पनि नदेखेपछि पुनः बन्दुक युद्धमा फर्कने घुर्की लगाउँदै पार्टी कार्यालय खोलेर बसेको छ। बेला बेलामा विज्ञप्तिमा झुल्किने बाहेक यो माओवादीको खासै उपस्थिति देखिदैन ।
जनयुद्धकालीन माओवादीमा प्रचण्डपछिका नेता डा. बाबुराम भट्टराई गैर कम्युनिष्ट भइसके । आफू नेतृत्वको दल नयाँ शक्ति पनि उनले मधेश केन्द्रीत राजनीतिक गरिरहेका दलसँग एकता गरिसकेका छन् । अहिले उनी जनता समाजवादीमा चौथो वरियताको नेताका रुपमा छन् । भट्टराईले वामपन्थि राजनीतिक बाटो नै त्यागिसकेका छन्।
तत्कालिन एमालेसँग मिल्न गएपछि एमाओवादी छोडेका गोपाल किरातीले पनि एमाओवादी दर्ता गरेर बसेका छन्। किराती आफू सच्चा माओवादी भएको भन्दै झोला भिर्दै हिँडेका छन्। उनको पनि नेपाली राजनीतिमा हालसम्म ठूलो उपस्थिति छैन।
२० वर्षदेखि शक्तिमा रहेका प्रचण्ड पूर्व एमालेको पेलाइमा
आफूसँगै शसस्त्र युद्धमा होमिएका साथीहरुलाई साथ लिन नसकेपछि पुष्प कमल दाहाल प्रचण्ड कमजोर हुँदै गए। त्यसको परिणाम निर्वाचनमा समेत देखियो। परिणामतः उनले पनि माओवादी धार परिवर्तन गरी तत्कालिन एमालेसँग घाटी मिलाए। पार्टीमा देखिएको विभाजनका कारण चुनाव हारेको स्वीकारेका प्रचण्ड शक्ति आर्जन गर्ने ध्याउन्नमा लागे।
शक्ति विना रहनै नसक्ने प्रचण्डले अन्तिम अस्त्र प्रयोग गर्दै एमालेसँग एकता गरे।
पार्टीमा नेताहरुलाई मिलाउन नसकेकै कारण एक्लिएकका दाहाललाई हाल सोचेजस्तो सजिलो भने छैन। हाल नेकपा अध्यक्ष समेत रहेका प्रचण्ड २०५१ बाट पार्टीको सर्वोच्च पदमा रहे।
त्यतिबेला नेकपा (माओवादी)मा महामन्त्री रहेका उनले २०५२ बाट युद्धको नेतृत्व लिए। २०५७ दोस्रो राष्ट्रिय सम्मेलनबाट त नेकपा माओवादीको अध्यक्ष नै बने। प्रचण्डले त्यसपछि भने नेतृत्वमा कसैलाई अघि बढ्न दिएनन्।
त्यसपछि माओवादीमा जुटफुट भइरह्यो । प्रचण्डको लय समाउन नसकेकाहरु साइड लागे।
प्रचण्ड भने नेकपा एमालेको गुँडमा सरे। तर २० वर्षभन्दा बढी लगातार पार्टीको कार्यकारी शक्तिमा रहेका प्रचण्ड अहिले पूर्व एमालेको पेलाइमा परेका छन्।
२० वर्षभन्दा बढी कार्यकारी शक्तिमा रहेका प्रचण्डलाई यो अवधि कति चस्कापूर्ण भइरहेको होला?त्यो उनलाई मात्र अनुभव होला। नेकपााको एक जना अध्यक्ष भए पनि उनी एकल रुपमा कार्यकारी निर्णय गर्ने हैसियतमा छैनन्। शक्ति आर्जनका लागि लामैे संघर्ष गरेको दाहाल अहिले फेरि निरिह देखिएका छन्। माधव नेपाल र झलनाथ खनालको साथ दिएर केही समय पार्टीमा रडाको मच्चाए पनि अन्ततः ओली सामु गले। अबको उनको टार्गेट एकता महाधिवेसनमा अध्यक्ष बन्ने छ। तर सजिलो भने छैन।
उनलाई गलाउने पूर्व उमालेसँँग धेरै अस्त्र छन्। एक हो कार्यदिशा। सत्तारुढ दल नेकपाको पार्टी कार्यदिशा के हो ? एकथरी भन्छन् ‘समाजवाद उन्मुख जनताको जनवाद’। अर्कोथरी भन्छन्, ‘जनताको बहुदलीय जनवाद।’ हाललाई पार्टीको कार्यदिशा ‘समाजवाद उन्मुख जनताको जनवाद भनिए पनि जनताको बहुदलीय जनवादका पक्षधर नेकपामा धेरै छन्। अझै. यो पूर्व एमालेको लाइन नै बन्न सक्ने सम्भावना पनि छ। तत्कालीन एमालेका कतिपय नेता ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी कार्यदिशा बनाउनुपर्ने पक्षमा लबिङमा छ भने दाहाल पक्ष एकताका क्रममा तय गरिएको संक्रमणकालीन कार्यदिशा ‘जनताको जनवाद’को पक्षमा। पूर्व एमालेका कतिपय नेताले जनताको बहुदलीय जनवादको पक्षमा सार्वजनिक मञ्चमै अभिव्यक्ति दिँदै आएका छन्।
आफ्नाले निरन्तर साथ छोड्दै
पार्टी फुटाएर गएकाहरु मात्रै होइन अहिले नेकपामै रहेका पूर्व माओवादीहरुले पनि उनको साथ छोड्दै गएका छन्। प्रचण्ड पक्षका भनिएका चार जना नेताले उनको साथ छोडेको बताइन्छ। सचिवालयमा रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापाले पनि साथ छोडेको आँकलन गर्न थालिएको छ। लामो समयदेखि साथ दिँदै आएका भट्ट पनि पछिल्लो समय टाढिएको आँकलन गरिन्छ।
आगामी महाधिवेसनमा सहमतिका साथ अध्यक्ष बन्ने अपेक्षा प्रचण्डको छ। तर सबैभन्दा गाह्रो नै उनलाई त्यही हुने देखिन्छ।
नेकपामा भित्रभित्रै निषेधको राजनीतिले डेरा जमाएको छ । सत्ता संघर्षमा माधव नेपाल, झलनाथ, वामदेवले प्रचण्डलाई साथ दिइरहेको देखिए पनि नेताकार्यकर्ता तहमा समस्या छ । ओली पनि प्रष्ट छैनन्। आगामी महाधिवेसन पनि सहमतिमा नेतृत्व चयन गर्न नससकिने धेरै संकेतहरु देखा परिसकेका छन्। त्यसको छनक ओलीले पनि दिइसकेका छन्। सहमतिका साथ हुन नसके प्रतिष्प्रधा हुन्छ। ओलीले भनेका छन्। प्रतिक्ष्पर्धा भएको खण्डमा आफ्नैले समेत साथ छोड्दै गएका प्रचण्डलाई अध्यक्ष बन्न पक्कै पनि सकस हुनेछ।
* सच्चाइएको