शुक्रवार नेपालमा १४ सय ५० भन्दा बढी संक्रमित फेला परेका छन् । कोरोना संक्रमण भएदेखिको यो संख्या अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरी रहेका प्रयोगशालामा १० हजार ७ सय १ जनाको नमूना परिक्षण गर्दा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ५ जनाको निधन भएसँगै ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
१४ सय ५० भन्दा बढी संक्रमित थपिँदा ९ सय ७२ जना निको भएर घर फर्केका छन् । आजको दिनसम्म कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
र यो पनि पढ्नुहोस् : कोरोनाको नयाँ रेकर्ड : काठमाडौं जिल्लामा मात्रै भेटिए ६२० संक्रमित