हिजो १२ सयले घटेको सुनको मुल्यमा आज पनि गिरावट आएको छ ।
बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ७ सयले घटेको हो । आज बजारमा छापावाला सुनको मुल्य ९६ हजार ५ सय मा कारोबार भएको छ भने तेजावी सुनको मुल्य ९६ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाल सुनको मुल्य ९७ हजार २ सय र तेजावी सुनको मुल्य ९६ हजार ७ सयमा कारोबार भएको थियो ।
सुनको मुल्यमा गिरावट आउँदा चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । आज अघि्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा २० रुपैंया घटेर १३ सय ४५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।