गत भदौ ३ गते राति देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय भोलि सकिंदैछ । निषेधाज्ञा पुनः यसरी नै थपिन्छ कि हट्छ भनेर सर्वसाधारणमा जिज्ञासा पैदा भएको छ । आम मानिसहरुको उक्त जिज्ञासा भोली मात्रै मेटिने बुझिएको छ ।
निषेधाज्ञा थप्ने वा के गर्ने भन्नेबारेमा भोली मात्रै निर्णय हुने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दियो ।
उपत्यकाको कोरोना संक्रमणको अवस्थालगातयका अन्य सुरक्षा चुनौतीबारे भने आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच अनौपचारिक ‘भर्चुअल मिटिङ’ गर्ने तयारी छ ।
भदौ तीन गते रातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । एक साताका लागि जारी निषेधाज्ञा पुनः थपिएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ “संक्रमणको अवस्था हेर्दा थप कडाइ गर्नुपर्ने देखिएको छ । निरन्तर संक्रमित बढिरहेका छन् । तर निषेधाज्ञाबारे निर्णय भइसकेको छैन । यसबारे भोलि नै निर्णय हुन्छ ।”
प्रहरी अधिकारीले पनि निषेधाज्ञा हटाइए संक्रमण फैलिने अनौपचारिक सुझाव दिएका छन् ।
१७ गतेपछि उपत्यकामा निषेधाज्ञा हुन्छ कि हुँदैन ? वा कस्तो मोडालिटीमा हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । तर अहिलेसम्म निषेधाज्ञाको मोडालिटीबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन । आगामी दिनमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।