काठमाडौं । केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्याउँछ।
करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।
केराका केहि फाइदाहरु यसप्रकार छन्
केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ । अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।
यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।
नेपालकै पहिलो ६ लेनको पुल कस्तो छ त हेर्नुहोस भिडियोमा ।
गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।
केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर
ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ । तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।
यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।
केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुनेफाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।
दिनको एउटा कोसा केरा खानुस्, यी एक दर्जन फाइदा पाउनुस्
अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुन्छ । तर केराको फाइदा यत्तिमा मात्र सिमित छैन ।
पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् । दिनहुँ एक कोसा केरा खानुका फाइदा यी हुन्:
१. केरामा एन्टी एजिंग गुण हुन्छ । यसमा भिटामिन सी पाइन्छ । तयसैले केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।
२. केरामा भरपूर फाइबर हुन्छ । त्यसैले केरा खानाले पाचन क्रियामा सुधार आउँछ । कब्जियत तथा एसिडीटीको समस्या कम हुन्छ ।
३. केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । दिनहुँ केरा खानाले कमजोरीको समस्या दूर गर्दछ ।
४. केरामा पर्याप्त डायटरी फाइबर पाइन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । यसले रक्तअल्पताको समस्या कम हुन्छ ।
५. केरामा पर्याप्त फाइबरका साथै पोटासियम, क्याल्सियम, भिटामिन सी तथा भिटामिन बी सिक्स पाइन्छ । नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुन्छ ।
६. केरामा भिटामिन बी सिक्स पर्याप्त मात्रामा पाइने हुनाले त्यसले मस्तिष्कलाई तिक्ष्ण बनाउन र स्मरण क्षमता बढाउन सहयोग गर्दछ ।
७. केरामा पर्याप्त पोटासियम हुने हुनाले यसले सरीरमा सोडियम सन्तुलन गर्ने तथा उच्च रक्तचापको समस्या क मगर्न सयहेाग गर्दछ ।
८ . केरामा पाइने म्याग्नेसियम तथा पोटासियमका कारण मुत्रअंग सम्बन्धी संक्रमणको खतरा क मगर्न पनि केराको सेवन लाभदायी हुन्छ।
९. केरामा पाइने टि्रप्टोफेन नामक तत्वले मानिसको मूड राम्रो बनाउन तथा तनाव भगाउन सहयोग गर्दछ ।
१०. केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले सक्रमणको जोखिम कम हुन्छ ।
११. केरामा पाइने क्याल्सियमले हड्डीलार्य स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्दछ ।
१२. केरामा पर्याप्त मात्रामा फस्फोरस तत्व पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै मुखका विभिन्न खाले रोगको खतरा कम गर्दछ ।