अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।
डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।
तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।
कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ ।
यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो । मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ : ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् । यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ ।
कोरोना संक्रमणका लक्षण
पहिलो चरण
– ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),
– सुख्खा तथा लहरे खोकी लाग्ने,
– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,
– घांटी बस्ने,
– थकाइ लाग्ने ।
दोस्रो चरण
– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,
– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,
– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दी’र्घ’रोगले च्यांप्दै जाने ।
ग ) तेस्रो चरण
– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,
– धेरै छाती दुख्ने,
– उठ्न निकै गाह्रो हुने,
– कुराहरु विर्षने, कन्फ्युज हुने,
– बेहोश हुने ।