शुक्रबार सुनको मुल्य बढेको छ ।
बिहीबार तोलाको ९७ हजार ८ सय मुल्य रहेको सुनमा शुक्रबार ८ सय रुपैंयाले बढेर ९८ हजार ६ सय भएको छ ।
तेजाबी सुनको मुल्य भने तोलाको ९८ हजार १ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य बढ्दा चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय ५५ मा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा ६० रुपैंयाले बढेको हो ।
साउन २३ गते सुनको मुल्य तोलाको १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो । अहिले भने घट्ने र बढ्ने क्रम निरन्तर भइरहेको छ ।