आज गायिका रचना रिमालको जन्मदिन परेको छ । उनी आजबाट १८ वर्षकी भएकी छन् । फेसबुकमा उनलाई शुभकामना दिनेहरुको पनि ओइरो लागेको छ ।
मन्दिरमा भजन र स्कुलमा कार्यक्रममा गीत गाउँदै अगाडी बढेकी रिमाल नेपाल आइडलबाट चर्चामा आएकी हुन् । विभिन्न सांगीतिक कार्यक्रममा भाग लिएता पनि नेपाल आइडलबाट उनको चर्चा चुलिएको हो ।
गायनमा अझैं निखारता ल्याउन कक्षा नौमा पढ्दा संगीत कक्षा भर्ना भएँ । तर, नियमित जान सकिन । अहिले ११ कक्षामा पढ्दै छु । हालसम्म जम्माजम्मी चार महिनामात्रै संगीत सिक्ने मौका पाएकी छु । उनले केटीएम दैनिकसँग भनिन् ।