
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत १ हजार ४ सय ६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएको हो ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १ सय ५४ र दमामबाट दुई उडानमा क्रमशः २ सय ५९ र १ सय ४४ यात्रु काठमाडौँ ल्याएको छ ।
थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
यस्तै हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ र कतारको दोहाबाट १ सय ५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ ।
एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १ सय ६८ र १ सय ६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ ।
मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १ सय ७८, फलाई दुबईले दुबईबाट १ सय ६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ । शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ