
काठमाडौं । ७७ बर्षीय बलिउड महानायक अमिताभ बच्चनले कोरोना संक्रमणलाई जितेका छन्।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना परिक्षण गर्दा तीनपटकसम्म नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ ।
कोरोनाबाट निको भएपछि अभिनेता बच्चनले उपचारमा संलग्न चिकित्सक एवं शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
पिसिआर रिपोर्ट नेगेटिभ आएकोबारे अभिनेता बच्चनले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका छन्।
T 3613 – I have tested CoVid- have been discharged. I am back home in solitary quarantine.
Grace of the Almighty, blessings of Ma Babuji, prayers & duas of near & dear & friends fans EF .. and the excellent care and nursing at Nanavati made it possible for me to see this day . pic.twitter.com/76jWbN5hvM— Amitabh Bachchan (@SrBachchan) August 2, 2020
I, Unfortunately due to some comorbidities remain Covid-19 positive and remain in hospital. Again, thank you all for your continued wishes and prayers for my family. Very humbled and indebted. ??
I’ll beat this and come back healthier! Promise. ??— Abhishek Bachchan (@juniorbachchan) August 2, 2020
उनीसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आरध्या बच्चन पनि कोरोना संक्रमित भएका थिए । ऐश्वर्या र आरध्या यसअगाडी नै कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते एक ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका थिए ।