प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्।
कोरोना संक्रमणपछि अमिताभ र अभिषेक अस्पतालमा उपचार गराइरहेका छन्।
प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्। कोरोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। गत महिना मात्र अमेजन प्राइम भिडियोमा रिलिज भएको गुलाबो सिताबोमा ७७ वर्षीय बच्चनसमेतको अभिनय छ। उनको रोल भएको यो पछिल्लो सिनेमा हो।
अभिताभले आफ्नो ‘पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला’ भन्ने जानकारी पनि ट्वीटमार्फत् दिएका छन्।
पछिल्लो समयमा ऐश्वर्या राय वच्चन र उनको छोरी आरध्या बच्चनमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । अमिताभ र अभिषेकको नतिजा पोजेटिभ आएको केही घन्टापछि अन्य २ जनाको पनि पोजेटिभ देखिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको हो । समाचार संस्था पीटीआईले दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
भारतको महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै दुवै जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन् ।
र यो पनि पढ्नुहोस् :
ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना पोजेटिभ देखियो
शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्दिरमा विशेष पूजा
बच्चन परिवारमा कोरोना संक्रमण देखिएसँगै अहिले अमिताभ र अभिषेकको उपचार जारी रहेको छ । यसैबीच अभिताभ र अभिषेकको स्वास्थ्यलाभको कामना गर्दै भारतमा विशेष पूजा थालिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । हिन्दूस्तान टाइम्सका अनुसार अमिताभ र अभिषेकको स्वास्थ्य लाभको कामना गर्दै मध्यप्रदेशस्थित उज्जैनको एक मन्दिरमा विशेष पूजा गरिएको छ । एएनआईले राखेको तस्वीरमा अमिताभको स्वास्थ्य लाभको कामना गर्दै शिव लिं-गमा अभिषेक गरिएको छ ।