अहिले विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ ।
अबको ६\७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान व्यवसायीले गरेका छन् । वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिना मै सुनको मूल्य बढेर २८ सयदेखि ३ हजार डलर पुग्ने अनुमान गरेको छ ।
लकडाउनको अघिल्लो दिन चैत ११ गतेसम्म ७७ हजार तोला सुन थियो । साढे चार महिनाको यो अवधिमा अहिले २२ हजारभन्दा बढीले प्रतितोला सुनको मूल्य बढेको छ । मूल्य अझै बढ्ने सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
अहिले सुनको मूल्य यसै भन्न सक्ने अवस्थामा नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए ।
उनले भने ‘सुन बजार अहिले नयाँ रेकर्ड कायम गर्दै बुलिश ट्रेनमा दौडिनै रहेको छ, लगाम लाग्ने अवस्था देखिएको छैन ।’ एक वर्ष अघि सुन किनेको भए अहिले ४० प्रतिशत नाफा हुन्थ्यो अबको ६/७ महिनामा फेरि ५० प्रतिशत नाफा हुने देखिन्छ ।