
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो । बैठक स्थगित भएको सूचना स्थायी कमिटी सदस्यहरुलाई पठाइएको छ।
केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका छन् । यसरी बैठक स्थगीत भएको यो पहिलो पटक भने होइन । लगायत नेकपा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । बैठक बसेतापनि उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकिरहेको छैन ।