
बुधवार निधन भएका महानायक राजेश हमालका भाई राकेशको श-व काठमाडौ ल्याइएको छ । उनको शुक्रवार काठमाडौं स्थित पशुपति आर्यघाटमा दा-हसंस्कार गरिएको हो ।
दा-हसंस्कारमा हमालका परिवार र शुभचिन्तकहरु सहभागी भएका थिए । त्यस अलावा केही चलचित्रकर्मी र नेपाली कांग्रेसका नेता सहभागी भएका थिए । नेपाली कांग्रेसको राजनीतिमा सकृय राकेशलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता सशांक कोइराला, सुजाता कोइराला लगायतका नेता पुगेका थिए ।
राकेशले पार्टीका लागि खेलेको भूमिका सम्झदै नेता कोइरालाले हमाललाइ पार्टीको झण्डा ओढाएका थिए । महानायक हमालको एक मात्र भाइको निधन भएका कारण अहिले शोकमा छन् । भारतमा उपचारार्थ रहेका भाई राकेश हमालको बुधवार निधन भएको हो ।
गएको बुधवार निधन भएका भाईलाई सम्झदै महानायक राजेशले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस समेत लेखेका थिए । उनले विहिवार भाईसंग विताएका तस्बिर सार्वजनिक गर्दै स्टाटस लेखेका छन् । विहिवार तस्बिर र स्सटाटस लेख्दै उनले भाईलाई सम्झेका हुन् ।
राजेशका भाई कलेजोका रोगी थिए । उनको भारतमा उपचार भै रहेको थियो । नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेशको निधन भएको हमाल परिवारले जानकारी दिएको छ । राकेशलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । दिवंगत राकेशका श्रीमती र दुई छोराछोरी छन् । अभिनेता राजेशका एकमात्र रहेका भाइ राकेशको निधन भएसँगै हमाल परिवार शोकमा परेको छ । अभिनेता राजेश तीन दिदीबहिनी छन् ।