
नेपाली चर्चित महानायक तथा अभिनेता राजेश हमालका लागि बुधबार निकै पीडादायी दिन रह्यो ।
आफूभन्दा डेढ वर्ष मात्र कान्छा राकेश हमालको कलेजो लागेको रोगका कारण भारतको नयाँ दिल्लीमा निधन भएपछि राजेशमाथी बज्रपात परेको हो ।
बाबुआमा दुवै गुमाएका राजेशका लागि राकेश बलियो आडभरोसा थिए । दुवै दाजुभाइसँगै बस्थे । त्यही भएर पनि बुधबार बिहानदेखि दिल्लीबाट आउने खबरले उनलाई पीडा दिइरहन्थ्यो । नेपाली सिनेमा, समाजसेवा तथा राजनीतिमा पनि क्रियाशील राकेश सबैतिर लोकप्रिय थिए । अपांगता व्यक्तिहरूका लागि त उनी आदर्श व्यक्ति नै थिए ।
आफ्नो प्यारो भाइ राकेशलाई अहिले नै गुमाउनुको पीडा राजेशले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गर्दै लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् ‘अलविदा’ प्रिय काकु । सधैं तिम्रो आत्माले शान्ति पाओस् । राकेशको निक नेम काकु हो ।
राजेश हमालले शेयर गरेका बाल्यकालका केही तस्विरहरु