
नायक भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । शुक्रबार क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
शुक्रबार अभिनेता भुवनले नायिका साम्राज्ञीविरुद्ध गाली बेइज्जती मु-द्दा दर्ता गराएका हुन् । ।
यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालयमा पुगेका हुन् ।
भुवनले आफूमाथि दुर्व्य वहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि उनीहरुबीच विवाद बढ्दै गएको थियो ।
साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । भूवनले साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् ।
भुवन केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा केही समयअगाडी भिडियो पोस्ट गरेकी थिइन । उक्त भिडियोमा बोल्दै साम्राज्ञीले आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौ-न दुर्व्य-वहार गरेको बताएकी हुन् ।
र यो पनि पढ्नुहोस् : छोरीको नाममा आफूमाथि भुवनको यौ-न दुर्व्यवहार गरेको साम्राज्ञीको आरोप (भिडियोसहित)
केही समय अघिसम्म साम्राज्ञी र भुवन केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकी थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।