
नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने १००० दरको नोटमा अब दुईवटा हात्तिको चित्र रहने भएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै १००० दरको नोटमा एउटा हात्तिको चित्र रहने गरेकोमा अब दुईवटा हुने जनाएको छ ।
नोटको मध्यभागमा चितवन जिल्लाको सरकारी हात्तिसारमा रहेको नेपाली हात्तिममा दुर्लभ मानिने देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तिको फोटो हुने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै १ हजार दरको नोटमा एकवटा हात्तीको चित्रको सट्टामा राम र लक्ष्मण भनि चिनिने दुर्लभ जुम्ल्याहा दुईवटा हात्तीहरुको चित्र रहेको नोट बजारमा आउने जनाएको हो ।
साउन महिनाको ७ गतेदेखि संचालनमा आएको नोटको बायातर्फ सगरमाथाको चित्र रहने छ ।
नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरन्जिवी नेपालको हस्ताक्षर हुने छ ।