नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ।
यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।
सुनचाँदीको मुल्य ९२ हजार बढी भएतापनि बजारमा सुन किन्नेहरु पनि छैनन् । न्यूरोडमा रहेका सुनव्यापारीले केटीएम दैनिकलाई बताएअनुसार पसलमा सुन किन्ने भन्दा भएका पुराना गरगहना बेच्नेहरु बढी छन् ।