
नेपाली बजारमा आज सुनको मुल्य ३०० रुपैयाँ बढेको छ । शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँ पुगेको चाँदीको मुल्य आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको छ ।
सुनको मुल्य निरन्तर उकालो लागेपनि बजारमा सुनको बिक्रि भने लगभग ठप्प रहेको छ ।
लकडाउनको कारणले गर्दा मानिसहरुको आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा सुनको बिक्रि ठप्प भएको हो । बजारमा सुन किन्ने भन्दा पुराना सुनका गरगहना विक्रि गर्ने मानिसहरुको भिड लाग्ने न्यूरोडका एक सुनव्यापारीले केटीएम दैनिकलाई बताए ।
आम मानिसहरु पनि सुन बेच्दा उचित मुल्य नपाउने गुनासो गर्दछन् ।