सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।
सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
आज(साउन ४ गते) यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।
विभागका महानिर्देशक गोगन बहादुर हमालले भोली (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए ।
‘अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।’- उनले भने ।
लामो दुरीका गाडी केही दिनमै सञ्चालन हुने
काठमाडौं । यातायात व्यवसायीहरुले केही दिनमै सवारी साधनहरु खोल्ने तयारी गरिरहेका छन् । विगत ३ महिनादेखि ग्यारेजमै थन्किएका सवारी साधनहरु यस हप्ताभित्रै सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
महासंघले लामो दुरीका सवारीहरु पनि साधनहरु सञ्चालन गर्नका लागि आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरेर गाडी सञ्चालनका लागि गृहकार्य भइरहेको बताइएको छ । महासंघका महासचिव सरोज सिटौलाले केही दिनभित्रै गाडी सञ्चालन गर्ने बारे गृहकार्य भइरहेको बताए ।
उनले आवश्यक स्वास्थ्य मापदण्डहरु पुरा गरी सवारी साधन सञ्चालन गर्ने सम्बन्धि छलफल भइरहेको उनको भनाई छ । ‘गाडी सञ्चालन बारे गठित कार्यदलले लामो दुरीका र छोटो दुरीका गाडीहरु सञ्चालन गर्ने बारे तयारी गरिहेको छ, केही दिनमै त्यसको बारेमा निश्कर्ष हुन्छ,’ उनले भने ।
‘हामीले विभागले तयार पारिरहेको स्वास्थ्य कार्यविधि बारे हाम्रो दुई पटक छलफल भइसकेको छ, विभागले कार्यविधिको कुरा टुङ्ग्याएपछि गाडि चल्छन्,’ उनले भने ।
आफुहरुको प्रमुख माग चालक सहचालकको स्वास्थ्य बीमा