नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उनले जानकारी दिए ।
नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो ।
गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।
शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ ।
प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताएका छन् ।
नेकपा विवादले नयाँ मोड लिने लक्षण देखापरेको छ ।
स्थायी समिति बैठक स्थगन र प्रस्तावित केन्द्रीय कमिटी बैठकको तिथि घोषणा नगरी आज सचिवालयमै घनिभूत छलफलमार्फत मन माझ्ने प्रस्ताव त्यही दिशा अन्तर्गतको बताइन्छ ।
अस्तिसम्म प्रधानमन्त्री केपी ओली तपाईंहरु जेसुकै भन्नोस् म दुइटै पद छाड्दिन भन्ने तहमा हुनुहुन्थ्यो,हिजो भने डेडलकमा थोरै आइसब्रेक देखिएको श्रोत बताउँछ । “पार्टीले भनेको किन नमान्नु तर भारतले भनेको पो मान्दिन त ?
“हिजो यस्तो प्रस्ताव आएपछि निर्धारित स्थायी समिति बैठक रोकेर आज सचिवालय बस्न लागेको हो ।