बलिउडका चर्चित अभिनेता आमिर खानको आमाको कोरोनाको नतिजा नेगेटिभ आएको छ ।
उनको घरमा काम गर्ने केहि स्टाफको नतिजा पोजेटिभ आएपछि उनीहरुको कोरोना जाँच गरिएको थियो
आमिर खान र परिवारको नतिजा नेगेटिभ आए पनि आमाको नतिजा शंकास्पद आएको थियो ।
उनले फेसबुकमार्फत आफ्नो आमाको लागि प्राथना गर्न आग्रह गरेका थिए ।
Hello everyone, I am most relieved to inform everyone that Ammi is Covid 19 negative.
Thank you everyone for your prayers and good wishes ?
Love.
a.— Aamir Khan (@aamir_khan) July 1, 2020
बलिउडका चर्चित अभिनेता आमिर खानले उनको घरमा काम गर्ने केहि व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए ।
फेसबुकमा एक बयान जारी गरेर उनले केही कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घर नै क्वारेन्टाइनमा राखेको बताएका थिए ।
नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिएका हुन् ।
आमिरले लेखे, अब मेरो आमाको मात्र रिपोर्ट आउन बाँकी छ, उहाँको रिपोर्ट नेगेटिभ आओस भनेर सबैले प्राथना गरिदिनुहोस ।
तर सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने उनले बताएका हुन् । उनले कोकिलाबेन अस्पतालका डाक्टर नर्स र कर्मचारीले गरेको व्यवहारप्रति खुशी हुदै धन्यवाद पनि दिएका छन् ।
यसअघि बलिउडका निर्देशक करण जोहर र जान्ह्वी कपुर आइसोलेसनमा बसेका थिए । उनीहरुको घरमा काम गर्नेलाई कोरोना पोजेटिभ पाइएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको छ । विश्वभरका १ करोड मानिसहरु संक्रमित भइसकेका छन् भने ५ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट भारत पनि अछुतो रहन सकेको छैन । यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने १६ हजार भन्दा बढीले ज्यान गुमाइसकेकाे छन् ।