
केही समयअघि सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता अमिर खान पत्नी किरण रावसँग झन नजिक हुन थालेका छन् ।
केहि समयअघि एकअर्कासँग सम्बन्ध तोडेको घोषणा गरेका अमिर र किरण एकसाथ देखिन थालेका छन् । उनीहरुले बिहे भएको १५ वर्षपछि आफुहरुले सम्बन्ध तोडेको बारे संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए ।
विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने – ‘डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो’विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने – ‘डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो’
विज्ञप्तिमा डिभोर्स अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको भन्दै आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने बताएका थिए ।
तर उनीहरु अहिले भारतको लद्दाखमा एकसाथ छन् । फिल्म ‘लाल सिंह चढ्ढा’ छायांकनमा रहेका अमिरसँग पत्नि किरण पनि देखिएकी छिन् । हालै बाहिरिएको आमिर र किरणको एउटा भिडिओमा दुबैले पारम्परिक पहिरनमा डान्स गरेका छन् । अहिले उनीहरु प्रेमी–मि– प्रेमिका जस्तै रमाएर समय बिताइरहेका छन् ।