
बलिउडका चर्चित निर्देशक करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए ।
नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।
करण जोहरले लेखे, परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ ।
तर सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने उनले बताएका हुन् ।
यस्तै बाेनी कपुरकाे घरमा काम गर्ने तीन जनालाई पनि काोरोना संक्रमण देखिएपछि उनीहरु पनि आइसाेलेनमा बसेका छन् ।